सडकपेटिको मुहार फेर्दै एसियन कङ्क्रिटो

एसियन कङ्क्रिटो नेपाली निर्माण उद्योगमा सर्वाधिक रुचाइएको नाम हो । अन्य निर्माण सामग्रीहरूभन्दा मजबुत, आकर्षक र टिकाउ भएका कारणले यसको प्रयोग र चर्चा चुलिएको छ ।

जर्मन प्रविधिको साथमा उत्कृष्ट कच्चा पदार्थको प्रयोगबाट निर्माण गरिने हुँदा उत्पादन, आकार र डिजाइन जुनसुकै तवरले गुणस्तरीय ब्लकहरू निर्माण गरिन्छन् । पार्किङ, सडक पेटी, पार्कजस्ता स्थानहरू निर्माणका लागि गुणस्तरीय टाइल र ब्लकको खोजी गर्दै हुनुहुन्छ भने एसियन कङ्क्रिटो तपाईँका सर्वश्रेष्ठ छनोट हो । हाम्रो पहिलो प्राथमिकता भनेको हामीले नै निर्धारण गरेको मापदण्डअनुरुप गुणस्तरीय कङ्क्रिट ब्लकहरू निर्माण गरी नेपालभर बिक्री वितरण गर्नु हो  ।

वातावरणमैत्री पेभर्स, टायल्स, ब्लक र इँटाहरूको निर्माणमा नेपालको नम्बर १ कङ्क्रिट कमपनीको रूपमा एसियन कङ्क्रिटोले आफूलाई स्थापित गरिसकेको छ ।

विकास र सौन्दर्यीकरण सँगसँगै

“सुन्दरताका पायला” (आफ्नो बाटो सुन्दर बनाउनुहोस्) भन्ने मूल अभिप्राय अवलम्बन गरेको एशियन कङ्क्रिटो प्रा. लिमिटेड काठमाडौँको सहरी सौन्दर्यीकरणमा समेत सक्रिय रुपमा संलग्न भएको छ । काठमाडौँ महनगरले सडकको फुटपाथ सुधार गरी दृष्टिविहीनमैत्री बनाउँदै गरेको अवस्थामा एसियन कङ्क्रिटोका रंगीन टायलहरूले महानगरलाई झन चित्ताकर्षक बनाएको देख्न सकिन्छ । गुणस्तरीय पूर्वाधार विकाससँगै सौन्दर्यलाई समेत् विशेष प्राथमिकता दिँदै विकासमा सहभागी हुन पाउँदा हामी हर्षित छौँ ।

गुणस्तरसँगै व्यापक विविधता

एशियन कङ्क्रिटो प्रालिले कङ्क्रिट इन्टरलकिङ पेभर्सजस्ता विविध किसिमका उच्चस्तरीय कङ्क्रिट ल्यान्डस्केपिङ उत्पादनहरू नेपाली निर्माण जगत्लाई प्रदान गर्दै आएको छ ।

एसियन कङ्क्रिटो सन् २०१८ देखि नै अत्याधुनिक प्रविधिबाट निर्मित कर्बस्टोन, पेभिङ स्ल्याब, कङ्क्रिट इँटा, होलो ब्लकजस्ता निर्माण सामग्रीहरूको निर्माण र आवासीय, व्यावसायिक, औद्योगिक र संस्थागत परिसरहरूसँग सम्बन्धित वास्तुकला परियोजनाहरूमा अभ्यासरत रहँदै आएको छ ।

उत्कृष्ट कच्चा पदार्थ

हाम्रो गुणस्तर नियन्त्रण प्रक्रिया आधारभूत तहबाटै सुरु हुन्छ । सर्वप्रथम सर्वोत्कृष्ट कच्चा पदार्थ छनोट गरिन्छ । क्रसिङ प्लान्टले कच्चा पदार्थहरू प्रयोग गर्न योग्य रहेनरहेको सुनिश्चित गरिसकेपछि तिनीहरू हामीले निर्धारण गरेको कङ्क्रिट मिक्स उत्पादनको मापदण्डअनुरुप भएनभएको परीक्षण गरिन्छ । यी सबै प्रक्रियाहरू पूरा भइसकेपछि मात्र उत्पादन सुरु हुने भएकोले

नै हाम्रा उत्पादनहरू गुणस्तरीय र सुन्दर बन्ने कुरामा हामी विश्वस्त छौँ ।

सर्वश्रेष्ठ यूरोपियन टेक्नोलोजी

हामीले अत्याधुनिक जर्मन प्रविधिमा लगानी गरेका छौँ । जर्मन प्रविधिका उन्नत मेकानिजमहरूले हामीलाई ब्लक उत्पादनमा सर्वोत्कृष्ट ठहर गर्ने कुरामा कुनै शंका छैन । यी उन्नत र अत्याधुनिक प्रविधिका कारण हाम्रा उत्पादनहरूमा कुनै पनि प्रकारको त्रुटिका लागि शून्य सम्भाव्यता रहन्छ ।