युरोपियन तथा भारतीय मापदण्डअनुसार उत्पादित एसियन कंक्रिटोका उत्पादन अब नेपालमा पनि

20/05/2078

काठमाडौं । युरोपियन तथा भारतीय मापदण्ड अनुसार निर्माणजन्य सामग्री उत्पादन गर्दै आइरहेको एसियन कंक्रिटोले अबदेखि नेपाल गुणस्तर मापदण्ड अनुसार पनि उत्पादन सुरु गरेको छ । यस्ता किसिमका निर्माणजन्य सामग्री उत्पादनमा पायोनियर एसियन कंक्रिटोले बैशाख ७ गते नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर चिन्ह्र (एनएस) पाएपछि सोही मापदण्डअनुसार विभिन्न सामग्री उत्पादन गर्दै आइरहेको कम्पनीका अध्यक्ष मनिष रुङ्गटाले जानकारी दिए । नेपालमा यस्ता सामग्रीको मापदण्ड बनिनसकेको अवस्थामा हामीले युरोपियन तथा भारतीय मापदण्डलाई अनुशरण गरेर विभिन्न सामग्री बनाइरहेका थियौं, ’अध्यक्ष रुङ्गटाले भने, तर, नेपाल सरकारले यससम्बन्धी मापदण्ड बनाएपछि एसियन कंक्रिटोले नेपाल गुणस्तर (एनएस) लिएको तथा अहिले सोही अनुरुप उत्पादन गर्दै आएको छ ।’ उद्योगले हाल ३० वटा विभिन्न निर्माणजन्य सामग्री उत्पादन गर्दै आएको कम्पनीका निर्देशक अनिल जाटियाले जानकारी दिए । यसमध्ये कर्बस्टोन र इन्टरलक ब्लक नेपाल गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो प्रडक्ट भएको जाटियाले बताए । कर्बस्टोन र इन्टरलक ब्लक सरकारले बनाउने पूर्वाधार विकासमै ८०÷९० प्रतिशतसम्म खपत हुने गरेको छ । यदि सरकारले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको प्रडक्ट मात्रै प्रयोग गरेमा सरकारको अर्बौ ?पैयाँ बार्षिक मर्मत सम्भारबापत खर्च हुने रकम जोगिने कम्पनीका भाइस प्रेसिडेन्ट स्यामल झाले जानकारी दिए । विगतका दिनमा नेपालमा यस्ता गुणस्तरीय प्रडक्ट बनेका थिएनन् । उद्योग पनि लागिसकेका थिएनन । बाध्य भएर सरकारले गुणस्तरहीन प्रडक्ट प्रयोग गरिरहेको थियो,’ झाले भने, अब नेपालमै सरकारद्वारा बनाइएको मापदण्ड पालना गरेर गुणस्तरीय कर्बस्टोन तथा इन्टरलक ब्लक बन्न थालिसकेका छन् । त्यही भएर सरकारले पनि अबउप्रान्त बन्ने पूर्वाधारमा एनएस प्राप्त उत्पादन लगाउनका लागि योजना अघि सार्नुपर्छ ।’ उद्योगले बनाइरकेको कर्बस्टोन सडकको छेउ किनारा तथा डिभाइडरमा प्रयोग गरिन्छ भने इन्टरलक ब्लक पूmटपाथदेखि शहरी क्षेत्रका भित्री सडक बनाउन पनि सकिन्छ । विश्वका कयौं मुलुकमा भित्री तथा सहरका मुख्य सडक नै इन्टरलक ब्लकबाट बनाइएका छन् । नेपालमा पनि यस्ता खाले गुणस्तरीय इन्टरलक ब्लकबाट भित्री तथा सहरी सडक बनाउँदा टिकाउ, दिगोपना, वातारणमैत्री र मर्मतसम्भारमा लाग्ने खर्च समेत जोगाउन सकिने झाको भनाइ छ । सरकारले विश्व बैंकको सहयोगमा चोभारमा निर्माण गरिसकेको सुक्खा बन्दरगाहमा एसियन कंक्रिटोले उत्पादन गरेको इन्टरलक ब्लक प्रयोग भइसकेको छ । तर, चोभारमा सुक्खाबन्दरगाह बनाउन थालिसक्दा नेपालमा यससँग सम्बन्धित न मापदण्ड नै थियो, नत उद्योग । विश्व बैंकका परामर्शदाताहरुले यस्ता किसिमका पूर्वाधारका लागि विश्वमा प्रचलित मापदण्ड अनुसार स्फेकिफिकेसन बनाएको देखिएको झाले जानकारी दिए । तर, अहिले सरकारले यससम्बन्धी मापदण्ड बनाइसकेको छ । अब सरकारले निर्माण गर्ने पूर्वाधारमा इन्टरलक ब्लकको प्रयोगलाई बढावा दिनुपर्छ । सुक्खा बन्दरगाहमा यार्ड तयार गर्ने ठाउँ बनाउन इन्टरलक ब्लकको प्रयोग सम्भव हुन्छ भने सहरका भित्री सडकलगायत अफिस प्राब्गण बनाउन कुनै समस्या नहुने उनको भनाइ छ । तसर्थ, सरकारले गुणस्तरीय इन्टरलक ब्लक तथा कर्बस्टोन प्रयोग गर्नुपर्छ । त्यसबाट मात्रै सुन्दर सहरको परिकल्पनालाई साकार पार्न सकिन्छ । त्यसका अलवा वातावरणलाई संरक्षण गर्न, मर्मतसम्भारमा लाग्ने खर्चलाई न्यूनीकरण गर्न यस्ता प्रडक्टको प्रयोग गरेर पूर्वाधार निर्माण गर्नुपर्ने झाको सुझाव छ ।
ORIGINAL ARTICLE (ARTHIK PATI)