26/07/2077
काठमाडौं । सडकको दुई किनारामा प्रयोग हुने कर्बस्टोनको नेपाल गुणस्तर बनेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षमा बसेको नेपाल गुणस्तर परिषद्को १०५ औं बैंठकले कर्बस्टोनसहित ३१ नयाँ नेपाल स्टयाण्र्डर्ड स्वीकृत गरेको हो । सडकको दुई किनारामा प्रयोग हुने कर्बस्टोन पनि नेपाल गुणस्तर अनुसार बन्ने छ । अहिलेसम्म सडकमा प्रयोग भइरहेको कर्बस्टोनको कुनै स्ट्याण्र्डर्ड थिएन । अब भने नेपाल गुणस्तरअनुसार कर्बस्टोन बन्ने छ । त्यसैगरी, परिषद्ले सेनेटरी प्याडको पनि नेपाल गुणस्तर बनाएको छ । सरकारले बजेटमार्फत गाउँ–गाउँमा निःशुल्क सेनेटरी प्याड बाँड्ने घोषणा गरेपछि नेपाल गुणस्तर तथा नापतौल विभागले त्यसको पनि स्ट्याण्र्डर्ड बनाएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए । विभागले ३१ ओटा स्ट्याण्र्डर्ड स्वीकृत गरेकोमा ७ वटा प्रडक्ट रहेको छ । उनका अनुसार पहिलो पटक हवाई इन्धनको पनि नेपाल गुणस्तर बनेको छ । ‘अहिलेसम्म हवाई इन्धनको नेपाल स्ट्याण्र्डर्ड बनेको थिएन,’ उनले भने, ‘भारतीय स्टयाण्र्डर्डको बेसमा काम भइरहेको थियो । अब आफ्नै गुणस्तर बनेको हो ।’ त्यसैगरी एलइडी बल्बको पनि नेपाल गुणस्तर स्वीकृत भएको छ । विभागका अनुसार लेमिनेटेड बोराको पनि नेपाल स्टयाण्र्डर्ड बनेको हो । त्यसैगरी भूइमा बिच्छ्याउने ब्लकको पनि नेपाल गुणस्तर बनेको छ ।
ORIGINAL ARTICLE (CAPITAL NEPAL)