ओम सञ्जिवनी कंक्रिटो सुरु

26/11/2075

एसियन कंक्रिटो प्रा.लि.को एक्सपेरियन्स सेन्टर ओम सञ्जिवनी कंक्रिटो कन्सर्नले चितवनमा आफ्नो सेवा शुभारम्भ गरेको छ । भरतपुर हाइटमा शनिबार भरतपुर महानगरका मेयर रेनु दाहालले उद्घाटन गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले सुन्दर महानगरको परिकल्पनालाई सहयोग पुग्ने स्वदेशी उत्पादनको प्रवद्र्धन गर्न चितवनमा सञ्चालनमा आएको एक्सपेरियन्स सेन्टरको सफलताको कामना गरिन् । एशियन क्रंक्रिटोले जर्मन प्रविधिमा आधारित रहेर कंक्रिटका इँटा, हलो ब्लक, कंक्रिट ब्लक, कंक्रिट स्ल्याव टाइल्स, रंगिन इँटा, रंगिन स्ल्यावजस्ता निर्माण सामग्री उत्पादन गर्छ । एसियन क्रंक्रिटोका उत्पादनहरु वातावरणमैत्री रहेको कम्पनीको दावी छ । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सहनलाल प्रधानले चितवन महोत्सवको ‘मेड इन नेपाल’ पेभिलियनको प्रायोजन गरेको एसियन कंक्रिटोका उत्पादनहरुबारे धेरै उपभोक्ताहरु जानकार भइसकेको बताए । एसियन कंक्रिटो नेपालका निर्देशक अनिल जटियाले भूकम्पपछि नेपालमा विकास निर्माणको तीव्र आवश्यकतालाई ध्यानमा राख्दै निकै पहलपछि मात्र जर्मनीको कम्पनीलाई नेपालमा उत्पादनको लागि उपकरण उपलब्ध गराउन विश्वस्त पार्न सम्भव रहेको बताए । भैरहवामा मुख्य कारखाना रहेको एसियन क्रंक्रिटोले उत्पादन सुरु गरेको करिब ८ महिना मात्र भएको छ । कम्पनीले व्यक्तिगत घरदेखि मल, ठूला संस्थान, अस्पताल, पेट्रोल पम्म र सरकारी भवन तथा सडक निर्माणलाई लक्षित गरी सामग्री उत्पादन गरेको उपाध्यक्ष श्यामल झाले बताए ।
ORIGINAL ARTICLE (KARAKAIRAN.COM)