15/05/2078
युरोपियन तथा भारतीय मापदण्ड अनुसार निर्माणजन्य सामग्री उत्पादन गर्दै आइरहेको एसियन कंक्रिटो अबदेखि नेपाल गुणस्तर मापदण्ड अनुसार पनि उत्पादन सुरु भएको छ। मंगलबार एक कार्यक्रम गरी नेपाल गुणस्तर मापदण्डमा उत्पादन सुरु भएको जानकारी गराइएको हो। एसियन कंक्रिटोले वैशाख ७ गते नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर चिन्ह (एनएस चिन्ह) पाएपछि सोही अनुसार उत्पादन गर्दै आएको हो। कम्पनी अध्यक्ष मनिष रुङ्गटाले जानकारी दिए। उद्योगले हाल ३० वटा विभिन्न निर्माणजन्य सामग्री उत्पादन गर्दै आएको कम्पनीका निर्देशक अनिल जाटियाले बताए। यस मध्ये कर्बस्टोन र इन्टरलक ब्लक नेपाल गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो प्रडक्ट भएको जाटियाले जानकारी दिएका हुन्। उद्योगले बनाएको कर्बस्टोन सडकको छेउ किनारा तथा डिभाइडरमा प्रयोग गरिन्छ भने इन्टरलक ब्लक फुटपाथदेखि सहरी क्षेत्रका भित्रि सडक बनाउन प्रयोग हुन्छ। कम्पनीले यी उत्पादनमा टिकाउ, दिगोपन वातावरण मैत्री जस्ता गुणहरु रहेको कम्पनीले दावी गरेको छ। सरकारले विश्व बैंकको सहयोगमा चोभारमा निर्माण गरिसकेको सुख्खा बन्दरगाहमा एसियन कंक्रिटोले उत्पादन गरेको इन्टरलक ब्लक प्रयोग भइसकेको छ।
ORIGINAL ARTICLE (NEPAL KHABAR)