एसियन कंक्रिटोले पायो नेपाल गुणस्तर चिन्ह

16/05/2078

एसियन कंक्रिटोले नेपाल गुणस्तर मापदण्डमा उत्पादन सुरु गरेको छ । यसअघि कम्पनीले युरोपियन तथा भारतीय मापदण्ड अनुसार निर्माणजन्य सामाग्री उत्पादन गरिरहेको थियो । कंक्रिटोले वैशाख ७ गते नेपाल गुणस्तर तथा नापतौल विभागबाट चिन्ह (एनएस) पाएपछि सोहीअनुसार उत्पादन थालेको हो । कम्पनीका अध्यक्ष मनिष रंगटाले नेपालमा कंक्रिटो उत्पादन गर्ने मापदण्ड नबनेकाले अहिलेसम्म युरोपियन र भारतीय मापदण्डमा उत्पादन गर्दै आएको बताए । तर, अब नेपालमा गुणस्तर मापदण्ड बनेपछि नेपाल गुणस्तरमै उत्पादन थालिएको उनको भनाइ छ । एसियन कंक्रिटो उद्योगले अहिले ३० वटा विभिन्न निर्माणजन्य सामाग्री उत्पादन गर्दै आएको कम्पनीका निर्देशक अनिल जाटियाले बताए । यसमध्ये कर्बस्टोन र इन्टरलक ब्लक नेपाल गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो प्रडक्ट बनेको जाटियाले जानकारी दिए । कर्बस्टोन र इन्टरलक ब्लक सरकारले बनाउने पूर्वाधार विकासमै ८०/९० प्रतिशतसम्म खपत हुने गरेको कम्पनीले जनाएको छ । सोहीकारण, सरकारले नेपाल गुणस्तर चिन्ह पाएका दुई प्रडक्टको प्रयोग गरेमा निर्माण खर्चबापतको अर्बौ रकम जोगिने कम्पनीको दाबी छ ।
ORIGINAL ARTICLE (RATOPATI)