16/05/2078
काठमाडौं । पुराना निर्माणजन्य सामग्रीलाई पन्छाउँदै बजारमा नयाँ प्रविधिमार्फत सामग्री उत्पादन गर्ने कम्पनीमध्ये एक हो, एसियन कंक्रिटो । जर्मन प्रविधिको प्रयोगमार्फत ३० भन्दा बढी निमार्णजन्य सामग्री उत्पादन गर्दै आएको एसियन कंक्रिटो कम्पनी गुणस्तर प्रमाणित गर्ने पहिलो कम्पनी बनेको छ । निमार्णजन्य सामग्रीहरु उत्पादन गर्दै आएका धेरै कम्पनी भएपनि यसअघि कसैले पनि गुणस्तर प्रमाणित गरेका थिएनन् । गुणस्तर प्रमाणित नहुँदा निर्माण सामग्रीको गुणस्तरमा प्रश्न उठेपछि कम्पनीकै संक्रियतामा नापतौल तथा गुणस्तर विभागले गुणस्तर मापदण्ड बनाएको थियो । गुणस्तर प्रमाणित गर्ने पहिलो कम्पनी निर्माणजन्य सामग्री उत्पादनमा पायोनियर एसियन कंक्रिटोले नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर (एनएस) पाएको छ । सो कम्पनीले उत्पादन गर्ने सामग्रीमध्ये कर्बस्टोन र इन्टरलक ब्लक नेपाल गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो उत्पादन बनेको हो । उद्योगले गत वैशाख ७ गते विभागबाट एनएस पाएको कम्पनीका अध्यक्ष मनिष रुङ्गटाले जानकारी दिए । उनका अनुसार विभागबाट एनएस पाएसँगै सरकारले बनाएको मापदण्ड अनुसार उत्पादनको गुणस्तर कायम गरिएको छ । उद्योगले नेपाली उत्पादन पनि विश्वस्तरीय हुनुपर्छ भनेर विभागलाई गुणस्तरको मापदण्ड बनाउन अनुरोध गरेको थियो । उद्योगीको अनुरोधका आधारमा विभागले मापदण्ड बनाएर गुणस्तर प्रमाणित गरेको थियो । कम्पनीबाट उत्पादित सामग्री वातावरणमैत्री, बलियो हुँदाहुँदै पनि नेपाल गुणस्तर नपाएकाले बजारीकरणमा समस्या भएको थियो । एनएस प्राप्त गरेपछि आफ्ना उत्पादनलाई बजारमा लैजान थप सहज भएको उनको भनाई छ । एसियन कंक्रिटोबाट उत्पादित हरेक सामग्री अब नेपाल गुणस्तर मापदण्ड अनुसार हुने छन् । जर्मनीबाट मेसिनसहित प्रविधि ल्याएर बनाइएका सामग्री अन्य उद्योगको भन्दा कयौं गुणा बलियो र टिकाउ हुने कम्पनीले दाबी गरेको छ । कम्पनीले कंक्रिटका इन्टरलक पेभर, कर्बस्ट्रोन, कंक्रिट ट्रायल, होलो ब्लक, ब्रिक, ग्रास पेभर्स, स्ल्याब, ड्रेनलगायतका ३० प्रकारका निर्माण सामग्री उत्पादन गर्दै आएको छ । १५० करोडको लगानी एसियन कक्रिटो प्रालिको स्थापना सन् २०१७ भएको थियो । यसले सन् २०१८ देखि अन्तर्राष्ट्रियस्तरका कंक्रिटका निर्माण सामग्री उत्पादन गर्दै आएको छ । नवलपरासीको रामग्राम नगरपालिकाको हाक्यू क्षेत्रको करिब सात बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा १५० करोड रुपैयाँभन्दा बढी लगानी रहेको छ । उक्त उद्योगमा मनिष रुंगटा, गौरब अग्रवाल, राजेश अग्रवाल, अनिल जाटिया र मनोज केडियाको मुख्य लगानी रहेको छ । यसअघि युरोपेली र भारतीय मापदण्ड अनुसार मात्र निर्माणजन्य सामाग्री उत्पादन गर्दै आएको कम्पनीले अब नेपाली मापदण्डमा समेत निर्माण गर्न सुरु गरेको बताएको छ । गौरवका आयोजनामा प्रयोग एसियन कंक्रिटोले उत्पादन गरेको निर्माण सामग्रीहरु राष्ट्रिय गौरवका आयोजनादेखि फुटपाथमा समेत प्रयोग हुन थालेको छ । हाल विश्व बैंकको सहयोगमा चोभारमा निर्माण भइरहेको सुक्खा बन्दरगाहमा समेत एसियन कंक्रिटोले उत्पादन गरेको इन्टरब्लक प्रयोग गरिएको संचालक मनोज केडिया बताउँछन् । उनका अनुसार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, पथैलिया–विरगन्ज ६ लेनको सडक, बारा पर्सा जनता आवास, लुम्बिनी विकास समिति, इटहरी विराटनगर ६ लेन सडक परियोजना, मदन भण्डारी लोकमार्ग, सिभिल हस्पिटल काठमाडौं, अम्ब्रेला स्ट्रिट भरतपुर, पोखराको चिप्लेढुङगा, बिपीचोक, लेकसाइडको शान्तिनगरमा प्रयोग गरिएको छ । यस्तै काठमाडौं र ललितपुर महानरपालिकाले पुटपाथमा समेत एसियन कंक्रिटले उत्पादन गरेको सामग्री प्रयोग गरेका छन् । कम्पनीबाट अन्तर्राष्ट्रियस्तरको सामग्री उत्पादन भएकाले ठूला आयोजनामा प्रयोग हुँदै आएको उनको बुझाई छ । ‘नयाँ कन्सेष्टमा हामीले जर्मन प्रविधिको प्रयोग गरी निर्माणजन्य सामग्री उत्पादन सुरु गरेका हौँ । सुरुका केही दिनमा हामीलाई समस्या थियौ, विस्तारै हाम्रा सामग्रीको माग उच्च रहेको छ, अहिलेसम्म हामी नोक्सानीमा नै छौँ । मागमा बृद्धि सगैँ नोक्सानी घट्ने आशामा छौं,’ उनले भने । वाटर हार्वेस्टिङका लागि उपयोगी कम्पनीले उत्पादन गरेका निर्माणजन्य सामग्री ४० प्रतिशतसम्म वाटर हार्वेस्टिङ हुने गरेको छ । पछिल्लो समय ढलान, पिच सडकले पानी हार्वेस्टिंग गर्न सक्दैनन् । आकाशबाट परेको पानी हार्वेस्टिङ नहुँदा पिच गरिएको सडक छिट्टै भत्कने गरेको छ । ‘हामीले उत्पादन गरेका सामग्री वाटर हार्वेस्टिङ हुँदा जमिनको सिञ्चित सगैँ टिकाउ पनि हुने अनुमान गरेका छौँ’, अध्यक्ष रुङ्गटाले भने, ‘वाटर हर्वाेस्टिङ सँगै उद्योगबाट उत्पादन भएका वस्तु वातवारणमैत्री छ ।’ प्लान्टको अनुगमन जर्मनीबाटै एसियन कंक्रिटो पूर्णरुपमा जर्मनीको मासा कम्पनीको प्लान्ट हो । विश्वमा नै ब्लक उत्पादन गर्ने कम्पनीभित्र पर्ने मासाबाट एसियन कंक्रिटोले प्रविधि ल्याएर निर्माणजन्य सामग्री उत्पादन सुरु गरेको हो । ‘लामो समयको अध्ययनपछि जर्मन प्रविधिको बारेमा बुझ्न जर्मनी नै गएका थियौं, नेपाली उद्योगलाई प्लान्ट दिन कम्पनीले अस्वीकार गर्यो । लामो समयको प्रयासपछि जर्मन कम्पनीले नै निगरानी गर्ने शर्तमा प्लान्ट नेपाल ल्याउने अनुमति पायौं, हामीले ३६ वटा क्यामरा राखेका छौँ । हरेक दिन हाम्रो गतिविधि जर्मन कम्पनीले नै निगरानी गर्ने गरेका छ । हामीले काम गर्दै जादा केही गल्ती गर्र्याे भने उताबाट जानकारी आइहाल्छ । त्यही भएर हामीले हाम्रीले उत्पादन गरेका सामग्री शतप्रतिशत गुणस्तरीय छ भनेका हौ,’ उनले भने ।
ORIGINAL ARTICLE (BIKASH NEWS)